देवचुली । नवलपुरको देवचुली १६ मा नगर स्तरीय बिद्यालय तहको वक्तृत्वकला सम्पन्न भएको छ । रजहर जेसिजको आयोजना रहेको उक्त वक्तृत्वकला देवचुली मा.बि. को प्राङ्गणमा रजहर जेसिज वर्ष २०२२ को अध्यक्ष जे.सि ईश्वर बहादुर लोहनीको अध्यक्षतामा सम्पन्न भएको हो ।नगर स्तरीय वक्तृत्वकलामा देवचुली मा.बि का अभिभावक संघ अध्यक्ष दिपेन्द्र थापाको प्रमुख अतित्थ्यता रहेको उक्त कार्यक्रममा विशेष अतिथिमा नवलपुर शिक्षक महासङ्घका अध्यक्ष चन्द्र देब तिवारि, प्रकृतिक चिकित्सालय रजहरका अध्यक्ष सन्त बहादुर क्षेत्रि र देवचुलि मा.बिका प्र.अ नारायण प्रसाद भण्डारी रहेका थिए भने यस कार्यक्रमका संयोजक जेसी यमनाथ गौतम रहेका थिए ।
उक्त वक्तृत्वकलामा देवचुलीनगरपालिका भित्रका ९ बिद्यालयहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पुरस्कारको सौजन्य देवचुली १६ स्थित रहेको शुसन पुस्तक पसलले गरेको थियो । सहभागी ९ बिद्यालयहरुमध्य बरचुली मा.बि, देवचुली मा.बि, मुनलाईट ईङ्गलिस बोर्डिङ्ग स्कुल, पृथ्वी मा.बि, अमर ईङ्गलिस बोर्डिङ्ग स्कुल, वाईजभिजन ईङ्गलिस बोर्डिङ्ग स्कुल, जनज्योती मा.बि, नेपाल मा.बि र कुमारवर्ती इङ्गलिस बोर्डिङ्ग स्कुल रहेका थिए । यस कार्यक्रममा “आर्थिक रुपान्तरणका लागि युवा शसक्तिकरण” भन्ने शिर्षकमा रहेर समयसापेक्ष आफ्ना बिचार प्रस्तुत गर्न लगाईएको थियो जसमा वाईजभिजन बोर्डिङ स्कुलले प्रथम स्थान हाँसिल गरेको छ भने जनज्योती मा.बिले द्वितीय स्थान, नेपाल मा.बि ले तृतीय स्थान र कुमारवर्ती ईङ्गलिस बोर्डिङ स्कुलले सान्तवना स्थान हाँसिल पारेका थिए । यस कार्यक्रमको सहजिकरण रजहर जेसिजका महासचिव प्रदिप अधिकारिले गरेका थिए ।