कवि [संयोग थिएन]
त्यो साँझ
हामी दुबै अर्ध परिचित
त्यो व्यस्त शहर
लाखौं मान्छे हरुको भिड
अनि एक तिमी एक म
हामी दुबै एक अर्का मा अन्जान
सामाजिक संजाल को
दुरुपयोग गरि अदृश्य रुपमा
वार्तालाप भएको मान्छे
भेट्न भन्दै सहमत भयौ
त्यहि भिडमा
त्यहि व्यस्त शहरमा
तिमी पर बाट अायौ
म वर पर्खि रहेको थिए
तिमी लाई नै पर्खि रहेको
तिमी एक्लै अायौ लाखौं को भिड बाट
म एक्लै थिए लाखौं को भिडमा
तिमीले मलाई देखेको थिएनौ
मैले तिमी लाई देखेको थिईन
बोलाईको अाधारमा
तिमीले मलाई चिन्यौ
मैले तिमी लाई चने
बिना परिचय चिन्यौ
बिना परिचय चने
खै कसरी चिन्यौ
खै कसरी चिने
त्यो भन्दा पहिला मलाई
चिनेकै मान्छे चिन्न गाह्रो पर्थ्यो
तिमी लाई के हुन्थ्यो खै
मलाई थाहा भएन
त्यो साँझ मेरा लागि
इतिहास हुने छ
जब दृष्टि बिहिन ले
अाँखा पाउछ नि त्यस्तै।
मरुभूमि मा बटुवाले
पानी पाउछ नि त्यस्तै।
पलाउदै गरेका पालुवा हरुले
मनसुन पाउछ नि त्यस्तै
त्यो साँझ……..
मलाई भएको थियो
तर थाहा छैन तिमी लाई
के भएको थियो?
मलाई लाग्छ
तिमीलाई पनि भएको थियो
केही त भएको थियो
नत्र हेर्ने थिएनौ
तिमी बाट
म छट्टीएर जाँदा म पर पुगुन्जेल
नत्र फोन गर्ने थियनौ
हामी छुट्टीएको एक घडी नबित्दै
नत्र सुनाउने थिएनौ
एक अन्जान मान्छे मलाई
सबका सब मनका बह हरु
खुल्ने थिएन तिम्रो मुस्कान
मलाई लठ्ठै बनाउने गरि
हेर्ने थिएनन् एकटक ती मृग रुपी
नयन हरु मलाई नै
हराउने थियनौ एक अर्कै दुनियाँ मा
अनि झस्किने थियनौ मैले बोलाउदा
फेस्बुक मा चिनेको
भरमा तिमीले भेट्न चाहानु
मैले पनि भेट्ने इच्छा जाहेर गर्नु।
पहिलो भेटमा परिचय नहुनु
भोलि पल्ट भेट्ने सहमति हुनु
मलाई लाग्छ ….संयोग थिएन
यो त….. तिम्रो मेरो
जिन्दगी को सुरुवात थियो
एक यस्तो पल थियो
जुन पल दुबै को निधारमा तय गरिएको थियो
यो पटक्कै ……
संयोग थिएन