भुसालको सम्झनामा ३० जना नयॉ रक्तदाता सहित ७९ जनाले रक्तदान गरे

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

भुसालको सम्झनामा ३० जना नयॉ रक्तदाता सहित ७९ जनाले रक्तदान गरे, दुर्घटना भएकाहरु रगतको अभाव ज्यान गुमाउन नपरोस भन्दै यसमा हामी सजक रहनु पर्ने महतको भनाई रहेको छ ।
पत्रकार तिर्थराज भुसाल स्मृति ट्रष्टको आयोजनामा गरेको रक्तदान कार्यक्रममा ३० जना नयॉ रक्तदाता सहित ७९ जनाले रक्तदान गरेका छन् । ११ जना महिला र ६० जना पुरुषले नवलपुर एफ.एम. का संस्थापक प्रबन्ध निर्देशक स्व. तिर्थराज भुसालको ३५ औँ जन्मजयन्तीको अवसरमा रक्तदान गरेका छन ।

पत्रकार तिर्थराज भुसाल स्मृति ट्रष्टका अध्यक्ष झपेन्द्रश्वर भुसालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघिय सांसद तिलक महतको प्रमुख आतिथ्यता रहेको थियो । पत्रकारीता क्षेत्रमा स्व. भुसालको योगदानको स्मरण गर्दै प्रमुख अतिथि महतले अरुको जीवन कसरी बचाउन सकिन्छ भन्नेतर्फ सबैमाझ यस कार्यक्रमले प्रेरणा जाग्ने बताउनुभयो ।कार्यक्रमलाई सम्बोधन गर्दे महतले सडक दुर्घटनाबाट घाइते भएकाहरुको रगात अभावमा अब कसैले ज्यान गुमाउनु नपरोस भन्दै यसका लागि सबै सजक हुन जरुरी रहेको बताउनु भयो

त्यस्तै कार्यक्रममा बोल्दै बिशेष अतिथी नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले मानव जीवनको सबैभन्दा ठूलो दान भनेकै रक्तदान भएको भन्दै यस्ता कार्यक्रमले समाज सेवाको भाव जागृत गराउने बताउदै भुसालको स्मृतिमा गरिएको यो रक्तदानले धेरै ज्यान बचाउन सकिने बताउनु भयो ।

कार्यक्रमलाई बोल्दै बिशेष अतिथी नेपाली कांग्रेस जिल्ला सभापति बालकृष्ण घिमिरेले स्वं भुसाललाई स्मरण गर्दे भुसालको नाममा स्थापना भएको ट्रष्टले सामाजिक क्षेत्रमा गरेका कार्यबाट स्वा भुसाल चिरकाल सम्म जिवन्त रहने बताउनु भयो।
कार्यक्रममा ट्रष्टमा उपाध्यक्ष पदम प्रसाद शर्मा भुसालले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन ट्रष्टका सचिब मुना दाहालले सञ्चालन गर्नु भएको थियो । रक्तदान कार्यक्रम नवलपुर एफएम र मोनिका ममेमोरियल ट्रष्टको सहआयोजनामा गरिएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतीले सहकार्य रहेको थियो ।
कार्यक्रममा कावासोती वडा नं ८का वडा अध्यक्ष भिम बहादुर रिमाल (गोकर्ण),वडा नं ३ का वडा अध्यक्ष डोरमान गिरी,पत्रकार महासंघका अध्यक्ष बिरेन्द्र पराजुली, नवलपुर एफएमका संरक्षक याम प्रसाद भुसाल,गोरखा पत्र संस्थानका लुम्बिनी प्रदेश प्रमुख हरि सुवेदी, नवलपुर अस्पतालका प्रमुख बिष्णु कडेंल लगायतको उपस्थिती रहेको थियो ।
भुसालको स्मृतिमा पत्रकार तीर्थराज भुसाल स्मृति ट्रष्टको स्थापना गरेर बिभिन्न सामाजिक कार्यहरु सञ्चालन हुदै आएका छन । नवलपुरका सक्रिय पत्रकार भुसालको २०७४ सालको निर्वाचनमा रिपोटिङ्ग गरेर फर्किने क्रममा दाउन्नेमा मोटरसाइकल दुर्घटनामा परेर निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...