चितवन – सेफ्टी ट्यांकीमा खसेर चितवनमा दुईजना सफाइ मजदुरको मृत्यु भएको छ । बुधबार भरतपुर महानगरपालिका वडा नं. १९ तमुटोका रामप्यारी गुरुङको घरको सेफ्टी ट्यांकी सफा गर्ने क्रममा २४ वर्षका छतिराम थारू र २३ वर्षका रामबहादुर चौधरीको मृत्यु भएको हो ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ९ घर भएका छतिराम सफा गर्ने क्रममा अचानक चिप्लिएपछि उनलाई उद्धार गर्न खोज्दा रामबहादुरसमेत ट्यांकीमा फसेका थिए । नाताले छतिराम र रामबहादुर भिनाजु र सालो पर्छन् ।
उनीहरू लामो समयदेखि चितवन र आसपासका क्षेत्रमा सरसफाइको काम गर्दै आएका थिए । अहिले दुईवटै शव पोस्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ ।
Post Views: 83