बाग्लुङमा चलिआएको चोकलाई परिवर्तन गरि कांग्रेस चोक राखे पछि बिबादमा

बाग्लुङ नगरपालिका वडा नम्बर २ मा चलिआएको चोकको नाम नै परिवर्तन गरि पार्टिको नाममा बदलिएपछी स्थानिय द्वारा बिबाद सुरु भएको छ । रातारात वडाध्यक्ष लाई समेत थाहा नगरी चली आएको नारायण घुम्ती चोकलाई परिवर्तन गरि कांग्रेस चोक राखिए पछि स्थानिय बिच बिबाद सिर्जना भएको हो । बागलुङ बजारका चोकहरुको नामाकरण थपिने क्रममा रहेको सन्दर्भमा बागलुङ नगरपालिका–२ नारायण घुम्तीलाई कांग्रेस चोकको नामाकरण गरिएको छ ।

बागलुङ बजारको ट्राफिक चोक हुँदै रुद्रेपिपल र बाङ्गेचौर जाने घुम्तीमा आज पर्खाल रङ्गाउदै ‘नारायणचोक घुम्ती बागलुङ बानपा–२ कांग्रेस चोक’ लेखिएको छ ।

उक्त चोक नेपाली कांग्रेस बागलुङ नगर सभापति उमाकान्त शर्मा ‘बाबु’ को घर अगाडी पर्दछ । चोकको नाम कांग्रेस चोक राख्नुभएछ नि ? भन्ने प्रश्नमा उहाँले यस विषयमा आफूलाई जानकारी नभएको बताउनुभयो । उहाँले उक्त पर्खाल आफ्नो भन्दा पारीपट्टी भएकाले आफूलाई कुनै जानकारी नभएको बताउनुभयो ।

उक्त स्थानको नाम नारायण घुम्ती भएको र अहिले त्यसलाई बङ्गाएर कांग्रेस चोक नाम राखिएको स्थानीयले बताएका छन् । ग्यालेक्सी हार्डवयर मार्फत पर्खाल रङ्गाएर इलेक्ट्रोनिक्स कम्पनीको नाम र ट्राफिक नियम सम्बन्धी सचेतनामुलक जानकारी लेखन पठाएका कामदारहरुले कुनै पार्टीको नाममा चोकको नामाकरण गरेका छन् । कामदारहरुले आफूहरुलाई पर्खाल भएका घरबेटीले लेखेर दिएको कुरा पेन्ट गरेको र अन्य कुरा जानकारी नभएको बताएका छन् ।

यस विषयमा चोकको नाम परिवर्तन भएर कांग्रेस चोक राखिएछ भन्ने प्रश्नमा बागलुङ नगरपालिका–२ का वडा अध्यक्ष सुरज बोसेलले आफू बाहिर भएको र सो विषयमा कुनै जानकारी नभएको बताउनुभयो । नेपाली कांग्रेसका नगर सभापतिको घर अगाडी रहेको सार्वजनिक चोककोे नाम थपेर कांग्रेस चोक बनाइनुलाई अस्वभाविक मानिएको र चोक तथा गल्लीहरुको नाम सार्वजनिक महत्वको हुनुपर्ने भएपनि कुनै पार्टीको नामसंग जोडिन नहुँने स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search