चितवनमा सडक दुर्घटनामा परि एक युवकको मृत्यु

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

गोरखाका एक युवकको मंगलबार साँझ दुर्घटनामा परी ज्यान गएको छ ।

पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा काठमाडौँबाट मुग्लिन तर्फ आउँदै गरेको प्रदेश ३ – ०१-०२३ च ५०७४ नम्बरको कारलाई सोहि दिशाबाट आउँदै गरेको बा ७५ प ६११६ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा कारको पछाडी पट्टिको साइड लाइटमा ठक्कर खादाँ भएको दुर्घटनामा युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक गोरखाको शहिद लखन गाउँपालिका ४ बस्ने अन्दाजी २३ बर्षको सन्तोष चेपाङ्को रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कारमा ठोक्किएर अनियन्त्रित भएको मोटरसाइकल पुनः बिपरित दिशाबाट आउँदै गरेको ना ७ ख १३७१ नम्बरको तेल ट्याङ्करमा ठक्कर खान पुगेको थियो ।

ठक्कर दिने ट्याङकर, ट्याङ्कर चालक, कार र कार चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयो ।

शवलाई पोष्टमार्टमको लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रवक्ता अधिकारीले बताउनुभयो । घटना साँझ करिब ६ : ४५ बजेको भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...