सेन्ट्रल कलेजको सहयोगमा लागुपदार्थ दुर्व्यसन विरुद्द ४० दिने अभियान चलाइने

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रा लि सँगको सहकार्यमा रुपान्तरण र युवा प्रा लि द्धारा लागू पदार्थ दुर्व्यसनीविरुद्ध ४० दिने अभियान सुरु गर्ने भएको छ । दुर्व्यसनी विरुद्धको सचेतना मुलक अभियान गरिने जेठ २३ गते सोमवार नारायणगढमा आयोजित पत्रकार सम्मेलन मार्फत अभियान एक साता भित्रै चितवन, नवलपुर र तनहुँका ४० विद्यालयमा सन्चालन गरिने संस्थाका अध्यक्ष ईश्वर गैरेले बताएका छन् ।

कक्षा ८ देखि माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर कार्यक्रम गर्न लागिएको उनले बताए । विद्यार्थीहरु नै बढी मात्रामा लागू पदार्थ दुर्व्यसनीमा फस्ने जोखिम हुने भएकोले उनीहरुलाई नै लक्षित गरेर कार्यक्रम गर्न लागिएको उनको भनाइ छ विद्यालय उमेरदेखि नै लागू पदार्थ दुर्व्यसनीमा फस्ने र यही समूह नै दुर्व्यसनीको संजाल बनिरहेको हुँदा उनीहरुलाई नै लक्षित गरेको उनी वताउछन् ।

प्रत्येक विद्यालयमा विद्यार्थीलाई दुई घण्टा लागू पदार्थ दुर्व्यसनी र यसले निम्त्याउने घटनाक्रम वारे सचेत गराइने छ । ‘एउटा विद्यालयमा दुई घण्टा कार्यक्रम गरिने र प्रयोगकर्ताहरुको अनुभव सुनाई लागू पदार्थ दुर्व्यसनीमा फस्दा कति पीडादायी हुन्छ र यसले जीवन कसरी वर्वाद पार्छ भनेर प्रयोगकर्ताहरुको अनुभवलाई समट्दै तयार पारिएको भिडियो सामाग्रीको माध्यमबाट सचेत गराउने उनी वताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...