श्वेत गंगा हाइड्रोपावरको आइपीओमा आजदेखि आवेदन दिन सकिने

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आज (जेठ २३ गते सोमबार) आवेदन दिन सकिनेछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले पहिलो चरणमा जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित दरको १५ लाख ९३ हजार कित्ता सेयर स्थानीयमा बिक्रि गर्न लागेको हो । यो आइपीओ छिटोमा असार ६ गतेसम्म बिक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असार २१ गतेसम्म बिक्रीका लागि आवेदन खुला रहनेछ ।

कुल कित्ता आईपीओमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा.को वडा नं. २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गा.पा. वडा नं. ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि ७० प्रतिशत अर्थात ११ लाख १५ हजार १०० कित्ता, आयोजनाको प्रसारण लाईन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा.को वडा नं. ५, ६ र ७ र मन्थली न.पा.को वडा नं. ११, १२ र १३ तथा रामेछाप न.पा.को वडा नं. १ र ३ का बासिन्दाका लागि ३ लाख ९८ हजार २५० कित्ता र रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा. को वडा नं.१ र ओखलढुङ्गा जिल्लाको लिखु गा.पा.को वडा नं। १, २ र ३ का लागि ७९ हजार ६५० कित्ता सेयर बिक्रि गर्न लागिएको हो ।

यो आइपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।यसको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ ।

स्थानीयहरूले आइपीओ खरीदका लागि नेपाल एसबिआई बैंकको यसम शाखा, सांग्रिला डेभलपमेन्ट बैंकको मन्थली शाखा र कम्पनीको आयोजनास्थलहरूबाट आवेदन दिन सक्नेछन् । साथै सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...