उत्तराखण्डको उत्तरकाशीमा यूके-०४ १५४१ नम्बरको बस सडकबाट खाल्डोमा खसेको छ। जसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार थिए।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले समाचार एजेन्सीलाई भने- दुर्घटनामा २६ जनाको मृत्यु भएको छ। सबै यात्रु चारधाम यात्रामा जाँदै थिए। एनडीआरएफको टोलीले उद्धार कार्य जारी राखेको छ। उत्तराखण्डका मुख्यमन्त्रीले प्रकोप नियन्त्रण कक्षबाट उद्धार कार्यको निगरानी गरिरहेका छन्। मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान आइतबार राति देहरादून पुगेका छन्।
पुरालाका एसएचओ अशोक कुमारले भने–गहिरो खाडल र अन्धकारका कारण शव सडकसम्म लैजान समस्या भएको छ। उत्तराखण्डको दुर्घटनापछि एम्बुलेन्ससँगै मेडिकल टोली पनि घटनास्थलमा पुगेको छ। घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनीहरुको उपचार भइरहेको छ।