ढलको बिर्को लगाउन सिकाउँछु भन्दा भन्दै मन्त्री झाँक्रीको मन्त्री पद नै चैट

काठमाडौ २२ जेठ । एकीकृत समाजवादीले पुराना चार मन्त्री फिर्ता बोलाएको छ । नयाँ चार जना मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाइएको छ ।

जसमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई हटाइएको छ । उनको स्था
नमा शहरी विकास मन्त्रीमा मेटमणि चौधरीको नाम परेको छ । समयले कहाँबाट उछिट्टाएर मन्त्री बनाएको भन्दै अभिव्यक्ति दिएकी झाँक्रीलाई ६ महिनामै पार्टीले मन्त्रीबाट हटाएको हो ।

त्यसैगरी , पर्यटन मन्त्रीमा प्रेम आलेको स्थानमा जीवनराम श्रेष्ठको नाम परेको छ । ६ महिनाका लागि भनेर सरकारमा पठाएको भन्दै पार्टीले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएको छ ।

त्यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसीको नाम परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search