कावासाेतीमा खानेपानीको समस्या १५ दिन सम्म हुन सक्ने

जेठ,२२ कावासोती । कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बितरण गर्दै आइरहेको खानेपानीको समस्या १५ दिन सम्म रहन सक्ने अध्यक्ष भिम कंडेलले जनाएका छन। कुमारवर्ती क्याम्पस नजिकै रहेको खानेपानीको ओभरहेड ट्याङ्की लिकेज भै पानी खेर गैरहेको हुँदा ट्याङ्कि मर्मत कार्य जारी रहेकाले उपभोक्ताको धारोमा निरन्तर पानी दिन नसकिएको अध्यक्षले बताएका छन। कावासाेती नगरपालिका र खानेपानी संस्थाकाे आर्थिक सह लगानीमा मर्मत कार्य भैरहेकाले बिशेष गरेर कावासाेती नगरपालिका वडा न २,३ र ९ का उपभोक्ताहरुलाई प्रत्यक्ष असर पर्दै आइरहेको छ। उपभोक्ताको समस्यालाई मध्यनजर गर्दै संस्थाले पानी बितरण प्रणालीमा असर नपर्ने गरि डिप बाेरिङकाे पानी डाइरेक्ट पठाएको हुदा उपभोक्ताहरुकाे चाैथाे, पाँचाै तलामा पानीको फाेर्स नपुग्ने समस्यालाई मनन गरि धैर्य गर्न अनुरोध गर्दै अध्यक्षले आफ्नो फेसबुक मार्फत सुचना प्रकशित गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search