देवचुलीको दिव्य ज्योति कृषि सहकारि संस्थाले टोल सरसफाई गरि वातावरण दिवश मनायो

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

डि आर क्षेत्री, २२ जेष्ठ । पृथ्वीको संरक्षण : दिगो प्रकृतिमैत्रि जिवनयापन भन्ने मुल नाराका साथ विश्वभर आज ( जुन ५ तारिक) का दिन विश्व वातावरण दिवश मनाईएको छ। यसै विच नवलपरासी (बर्दघाट सुस्ता पुर्व) को देवचुलि – १ मा रहेको दिव्य ज्योति कृषि सहकारि संस्थाले टोल सरसफाई गरि वातावरण दिवश मनाएको छ ।सरसफाई कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष कृष्ण बहादुर के. सिको समेत उपस्थिति रहेको थियो । वडा अध्यक्ष के.सिले दिवशका दिन मात्रै नभएर हरेक हप्ता सरसफाई अभियानको रुपमा नै सञ्चालन गर्नुपर्ने वताएका थिए । मानव सभ्यताको विकाश संगसंगै वढ्दो सहरिकरण सङसङे फोहरमैला व्यवस्थापन चुनौतिको विषय वन्दै गएको र यसको व्यवस्थापनमा वडा नगर तथा आम वडा वासिहरु लाग्नुपर्ने वताए । सरसफाई कार्यक्रम , सहकारि संस्थाका अध्यक्ष दिपक माझी रहनुभएको थियो भने कार्यक्रम सहजिकरण संस्थाका व्यवस्थापक पुर्णिमा वोटेले गर्नुभएको थियो साथै उक्त कार्यक्रमको सहयोगि निकाय कारितास नेपाल र कारितास अष्ट्रेलिया रहेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...