देवचुली उद्योग वाणिज्य संघको सातौँ बार्षिक साधरण सभा सम्पन्न

देवचुली। आगामी दिनमा साना तथा मझौला उद्योगी व्यवसायीको हक हितमा रहेर काम गर्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष शेखर गोल्छाले बताउनुभएको छ । शनिबार देवचुली उद्योग वाणिज्य संघको सातौँ बार्षिक साधरण सभा एवम् तेस्रो अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै गोल्छाले साना तथा मझौला उद्योगको विकास र विस्तार नभएसम्म रोजगारीका अवसरहरू बढाउन नसकिने बताउनुभएको हो ।

देवचुली पार्टी प्यालेसमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले समृद्धले भरिएको देशमा सम्भावनाले सार्थक रुप पाउन नसक्दा विश्वको गरिब देशमा चिनिएको दुखेसो व्यक्त गर्नुभएको थियो ।

उहाँले महासंघले साना र मझौला उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले सहजै कर्जा उपलब्ध गराउने विषयमा काम गर्ने बताउनुभयो । अब बैंक तथा वित्तिय संस्थाहरुसँग समन्वय गरेर उद्योगी व्यवसायीहरुलाई विना धितो कर्जाको उपलब्ध गराउनतर्फ आँफूहरु लागेको बताउनुभयो ।
यसैगरि गोल्छाले समयको सदुपयोग गर्न नसक्दा समृद्धको बाटोतर्फ व्यवसायीहरु लम्कन नसकेको समेत बताउनुभएको छ ।
उहाँले देवचुली उद्योग वाणिज्य संघले छोटो समयमा पनि यति धेरै कार्य गर्न सफल भएकोमा बधाई तथा आगामी दिनका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search