जेठ २१, देवचुली । देवचुली ५ कदमपुरमा रहेको सकला मा.बि मा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सेवा संचालन भएको छ । देवचुली ५ का वडाध्यक्ष कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा उक्त कार्यक्रम संचालनमा आएको हो । यस नि:शुल्क स्वास्थ्य शिविर सेवा कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेको विशेष अतित्थ्यतामा नि:शुल्क स्वास्थ्य शिविर उद्घाटन गरि संचालनमा भएको थियो । यसै गरि देवचुली नगरपालिकाका आयुर्वेद शाखा वरिष्ठ कविराज निरिक्षक कृष्ण प्रसाद शार्माले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष, विद्यालय व्यवस्थापन समिती अध्यक्ष, आयुर्वेद चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सेवा लिन आउने सेवाग्राहीहरुको उपस्थिती रहेको थियो ।
Post Views: 40