समता शिक्षा निकेतनको २५ कोठे नयाँ भवन निर्माणका लागि सहयोग गर्न सरोकारवालाहरुलाई अपिल

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

लोकनाथ पंगेनि, कावासोती। नवलपुरको कावासोती नगरपालिका ३ मा समता शिक्षा निकेतनको २५ कोठे नयाँ विद्यालय भवन निर्माणका लागि सहयोग रकम जुट्न थालेको छ ।

रु.७० लाखको लागतमा निर्माण सम्पन्न हुने उक्त विद्यालय भवन आगामी दुई वर्षभित्रमा तयार गरिने भएको हो । उक्त विद्यालय हाल कावासोती–२ मा बासद्धारा निर्मित भवनमा सञ्चालनमा रहेको छ ।

समता शिक्षा निकेतन गुठीले विगत २१ वर्षदेखि देशका सबै जिल्लामा मासिक रु १०० मा अङ्ग्रेजी माध्यममा विद्यार्थीलाई पढाउँदै आएको छ ।

कक्षा १२ सम्म अध्ययापन गराइने उक्त विद्यालयमा हाल ८ सय ९६ विद्यार्थीहरु अध्ययनरत रहेका छन् भने अब नया भवनको निर्माण पछि १ हजार विद्यार्थीहरुलाई अध्ययापन गराउने विद्यालयको लक्ष्य रहेको विद्यालयका प्रधानाध्यापक महेश भुर्तेलले बताउनु भयो ।

२५ कोठे नयाँ विद्यालय भवन निर्माणका लागि यसै बिद्यालय बाट २०६९ सालमा एस ई ई दिएका पूर्व विद्यार्थी राजेन्द्र गौडेलले नगत रु ५१ ह्जारका साथै ३० बोरा सिमेन्ट सहयोग गर्नुभएको छ ।

गौडेलले मिडिया सँग कुरा गर्दै समता शिक्षा निकेतन सबैको साझा संस्था भएकोले हामी सबै मिलेर २५ कोठे नयाँ विद्यालयको भवन निर्माणको काममा सहयोग गर्नु पर्ने र सबै पूर्व विध्यार्थीहरुलाई सहयोग गर्न समेत अनुरोध गर्नु भएको छ ।

त्यस्तै भवन निर्माणका लागि विभिन्न संघ संस्था बाट सहयोग आउन थालेको छ । यसै बिच युरो एसिया एच आर सलुसन प्रा.लि. का प्रबन्धक समेत रहनुभएका नारायण भुसालले रु ५० हजार सहयोग गर्नुभएको छ ।

समता शिक्षा निकेतनका कावासोतीका प्रधानाध्यापक महेश भुर्तेलले २५ कोठे नयाँ विद्यालय भवन निर्माणका लागि सबै सरोकारवालाहरुलाई अपिल समेत गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...