नारायणगढदेखी कावासोतीसम्मको भाडामा २ रुपैयाँ घट्यो, हाल नयाँ भाडादर ९९ रुपैयाँ

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

नवलपुर। यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ ।

पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २ प्रतिशत, तराईका बाटछोमा सञ्चालन हुनको २.६ प्रतिशत भाडा घटेको छ । मालबाहक सावरीको भाडा दर पनि घटेको छ सरकारले सार्वजनिक सवारीको भाडा दर स्वचालित आधारमा गर्ने गरी व्यवस्था गरेको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौला स्वालित भाडादरले यात्रु र व्यवसायी कसैलाई पनि मर्का नपर्ने अवस्था आएको बताउनुभएको छ ।

अव नारायणगढदेखी कावासोतीसम्मको भाडा ९९ रुपयाँ कायम गरिएको छ । त्यस्तै नारायणगढदेखी भैरहवासम्मको भाडा ३९३ रुपया रहको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...