चर्को आवाजमा माईकिङ् गरे र हर्न बजाए प्रहरीले यसलाई नियन्त्रणमा लिने भएको छ ठूलो आवाजमा माईकिङ गरी ध्वनी प्रदुषण गर्ने हर्न तथा माईक नियन्त्रणमा लिईने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता सन्तोष पाठकले जानकारी दिनुभयो ।
साना व्यवसायीले व्यावसायिक प्रयोजनका लागि फलफुल, मकै, तरकारी, सिरक डसना, जुत्ता चप्पल, भाडाकुडा लगायतका सामग्री बिक्रिका लागि गाउँघरमा चर्को आवाजमा माईकिङ गर्ने गरेका छन् । उनीहरुले साना चारपाङ्ग्रे गाडी, अटो, ठेला तथा साईकलमा माइकिङ गरी सामाग्री बिक्रि वितरण गर्ने गरेका हुन् प्रवक्ता पाठकले भन्नुभयो, “ध्वनी प्रदुषण गरेमा त्यस्ता सामग्री नियन्त्रणमा लिन्छौ।”
प्रहरीले नवलपुरको कावासोती क्षेत्रबाट मात्रै एकहप्ताभित्र १ हजार ५ सय ९० वटा हर्न नियन्त्रणमा लिएको छ कावासोती फलफुलचोकमा गरिएको चेकिङमा मात्रै ९ सय ७५ वटा सवारी साधनबाट १ हजार ५ सय ९० वटा हर्न नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको सहर्कायमा प्रेसर हर्न जफत गरिएको हो । सवारी साधनमा प्रेसर हर्न राख्ने, गीतको ध्वनी राख्ने, एक भन्दा बढी हर्न राख्नेलाई कारवाही स्वरुप हर्न नियन्त्रणमा लिएको हो ।