भारतीय कारको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु भएको छ । चितवनको खैरहनी नगरपालिका-९ सिमलटाँडीमा भारतीय कारको ठक्करबाट गम्भीर घाइते भएका कालिका नगरपालिका-४ घर भई हाल खैरहनी नगरपालिका ८ बस्ने २१ वर्षीय विश्वास गुरुङको उपचारका क्रममा मृत्यु भएको हो ।
पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको जेएच ०१ डिएक्स ७७-३९ नम्बरको भारतीय नम्बर प्लेटको कारले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००५ प २६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गुरुङ गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा ल्याइएकोमा उपचारको क्रममा ९ः१६ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिइएको इप्रका खैरहनीले जनाएको छ ।
Post Views: 110