देवचुली १७ का वडाध्यक्ष शर्माले खोलाका तटबन्ध र सडकका खाल्टाको अवलोकन गर्दै, १ हप्ताभित्र सडकका खाल्टो पुर्न आदेश

जेठ १८, नवलपुर । देवचुली नगरपालिका १७ नम्बर वडाका वडाध्यक्षले बिपतमा परेका आफ्नो क्षेत्रहरुलाई अवलोकन गर्नुभएको छ । वडाध्यक्ष गणेश शर्मा चालिसे ( दिपक ) लगायतका टिमले १७ नम्बर वडा भित्रका बिद्यालय साथै झरहिखोला किनारको तट्बन्धको अवलोकन गर्नुभएको हो । बिहिवार बिहान ८ बजे निस्किएको वडाध्यक्ष सहितको टोलीले झरहीखोला किनारको भत्किएका ठाउँ र खोलाले च्यापेका बस्तिहरुमा अवलोकन गर्नुभएको हो ।

अवलोकनका क्रममा देवचुली १७ का वडाध्यक्ष गणेश शर्मा चालिसे, बिपत ब्यवस्थापन समितिका नगर संयोजक होमनाथ पौडेल, देवचुली १७ का वडा सदस्य बिदारिलाल तामाङ साथै वडा न. १७ का स्थानियहरुको उपस्थितिमा झरहीखोलाको तटबन्धको अवलोकन गरिएको थियो । बर्षायाममा आउने बाढिबाट बच्न झरहीखोलाको पुल निर्माणमा ढिलाई हुँदा र पुलको वरपरको खुकुलो माटो बगाउने खतराबाट बच्न पुलको क्षेत्र वरिपरि तारे ग्याबिनले माटोको सतहलाई नबगाउने बनाउन आग्रह गर्नु भएको थियो ।

 

सडकका खाल्टाहरुले बर्षाको समयमा दुर्घटना हुन सक्ने भन्दै १७ नम्बर वडाको सडकमा राखिएका सिमेन्टको नालिहरुमा ढकन लगाउने , सडक निर्माण गर्दा पुरिएका हेमपाईपहरुले सिचाई निकासमा समस्या आएको भन्दै स्थानियको गुनासोलाई प्राथमिकतामा राख्दै समस्याको समधान गर्न कोरिया ईन्जिनियरिङ कन्सल्त्यान्स का प्रतिनिधिलाई आग्रह गर्नुभयो ।

अवलोकनकै क्रममा वडा नम्बर १७ को फारम टोलमा रहेको बरचुली मा. बि. को अवलोकन गरिएको थियो । शैक्षिक गुणस्तर गराउन वडा बाट सकिने सहयोग गर्ने वडाध्यक्ष चालिसेले बताउनु भयो । उक्त बिद्यालय अवलोकनमा वडाध्यक्ष गणेश चालिसे, बिद्यालय  प्रधानाध्यापक चन्द्र प्रसाद तिवारी , नगर बाट प्राबिधिक , साथमा बुद्धिजीवीहरु र स्थानियको सहभागिता रहेको थियो । बिद्यालयको कक्षाकोठामा छाईएका जस्ता पाताको छानो चुहिने भएकाले पठनपाठनमा समस्या आएकाले बर्षाको समयमा समस्या झेल्नु परेको प्र.अ. चन्द्र प्रसाद तिवारीले बताए । जनताले जिताएर पठाएकै केही गर्न भनी हो र त्यसको समधान गर्ने बाटोमा अवश्य लाग्ने वडाध्यक्ष शर्माले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search