नवलपुरका स्थनिय तहको कुन पालिकामा कति बजेट झर्यो त ?

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

जेठ १८, नवलपुर । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि आइतबार संघीय संसदमा बजेट पेश गरेको छ। संघीय सरकारले बजेत पेश गरेसँगै प्रदेश र स्थानीय तहमा समेत सुत्रबद्ध रुपमा रकम हस्तान्तरण भएको छ।

७५३ वटै स्थानीय तहका लागि सरकारले चार किसिमका बजेट हस्तान्तरण गरेको छ।
समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक गरी सरकारले पालिकाहरुलाई एकमुष्ट रकम पठाएको छ ।

अब स्थानीय तहरुले हस्तान्तरण भएर गएको रकम समेतलाई जोडेर आफ्नो छुट्टै बजेट ल्याउने छन ।

नवलपुरमा सबै भन्दा धेरै कावासोती नगरपालिकामा चालु र पुजीगत गरेर ५९ करोड ७९ लाख बजेट छुट्टिएको छ भने सबै भन्दा कम बौदीकाली गाउँपालिकामा २५ करोड ६१ लाख बजेट छुट्टिएको छ ।

हेर्नुहोस नवलपुरका स्थनिय तहलाई संघ सरकारले हस्तान्तरण गरेको बजेट :

गैंडाकोट नगरपालिका :

गैडाकोट नगरपालिकाका लागी छुट्टयाइएको बजेटमा संघीय सरकारले आगामी आर्थिक वर्षको लागि समानिकरण अनुदान तर्फ १७ करोड ६१ लाख, ससर्त अनुदान तर्फ ३१ करोड ३१ लाख, विशेष अनुदान तर्फ १ करोड २५ लाख र समपुरक अनुदान तर्फ १ करोड ४० लाख गरि जम्मा ५१ करोड ४४ लाख छुट्टाएको छ । जस मध्ये चालु खर्च तर्फ ४६ करोड ३१ लाख र पुजीगत खर्च तर्फ ५ करोड १३ लाख रहेको छ ।

देवचुली नगरपालिका :

देवचुली नगरपालिकाका लागी छुट्टयाइएको बजेटमा संघीय सरकारले आगामी आर्थिक वर्षको लागि समानिकरण अनुदान तर्फ १४ करोड ४२ लाख, ससर्त अनुदान तर्फ २७ करोड ९८ लाख, विशेष अनुदान तर्फ ८३ लाख र समपुरक अनुदान तर्फ ६९ लाख गरि जम्मा ४३ करोड ९२ लाख छुट्टाएको छ । जस मध्ये चालु खर्च तर्फ ३९ करोड ३३ लाख र पुजीगत खर्च तर्फ ४ करोड ५९ लाख रहेको छ ।

कावासोती नगरपालिका:

कावासोती नगरपालिकाकालागी छुट्टयाइएको बजेटमा संघीय सरकारले आगामी आर्थिक वर्षको लागि समानिकरण अनुदान तर्फ १८ करोड १५ लाख, ससर्त अनुदान तर्फ ४१ करोड ६४ लाख गरि जम्मा ५९ करोड ७९ लाख छुट्टाएको छ । जस मध्ये चालु खर्च तर्फ ५० करोड ७ लाख र पुजीगत खर्च तर्फ ९ करोड ७२ लाख रहेको छ ।

मध्यविन्दु नगरपालिका :

मध्यविन्दु नगरपालिकाका लागी छुट्टयाइएको बजेटमा संघीय सरकारले आगामी आर्थिक वर्षको लागि समानिकरण अनुदान तर्फ १६ करोड २० लाख, ससर्त अनुदान तर्फ २९ करोड ३७ लाख, विशेष अनुदान तर्फ १ करोड ८७ लाख र समपुरक अनुदान तर्फ २ करोड ३ लाख गरि जम्मा ४९ करोड ४७ लाख छुट्टाएको छ । जस मध्ये चालु खर्च तर्फ ४३ करोड ४० लाख र पुजीगत खर्च तर्फ ६ करोड ७ लाख रहेको छ ।

विनयीत्रिवेणी गाउँपालिका :

विनयीत्रिवेणी गाउँपालिकाका लागीे बजेटमा संघीय सरकारले आगामी आर्थिक वर्षको लागि समानिकरण अनुदान तर्फ १२ करोड ५७ लाख, ससर्त अनुदान तर्फ २२ करोड ८६ लाख गरि जम्मा ३५ करोड ४३ लाख छुट्टाएको छ । जस मध्ये चालु खर्च तर्फ ३२ करोड ९२ लाख र पुजीगत खर्च तर्फ २ करोड ५१ लाख रहेको छ ।

बौदीकाली गाउँपालिका :

बौदीकाली गाउँपालिकाका लागीे बजेटमा संघीय सरकारले आगामी आर्थिक वर्षको लागि समानिकरण अनुदान तर्फ ८ करोड २४ लाख, ससर्त अनुदान तर्फ १७ करोड ३७ लाख गरि जम्मा २५ करोड ६१ लाख छुट्टाएको छ । जस मध्ये चालु खर्च तर्फ २३ करोड ८१ लाख र पुजीगत खर्च तर्फ १ करोड ८० लाख रहेको छ ।

हुप्सेकोट गाउँपालिका:

हुप्सेकोट गाउँपालिकाका लागी छुट्टयाइएको बजेटमा संघीय सरकारले आगामी आर्थिक वर्षको लागि समानिकरण अनुदान तर्फ १० करोड ४४ लाख, ससर्त अनुदान तर्फ १७ करोड ७९ लाख, विशेष अनुदान तर्फ २ करोड २४ लाख र समपुरक अनुदान तर्फ २ करोड ८ लाख गरि जम्मा ३२ करोड ५५ लाख छुट्टाएको छ । जस मध्ये चालु खर्च तर्फ २६ करोड ८७ लाख र पुजीगत खर्च तर्फ ५ करोड ६८ लाख रहेको छ ।

बुलिङटार गाउँपालिका :

बुलिङटार गाउँपालिकाका लागी छुट्टयाइएको बजेटमा संघीय सरकारले आगामी आर्थिक वर्षको लागि समानिकरण अनुदान तर्फ ८ करोड ८६ लाख, ससर्त अनुदान तर्फ २० करोड ३४ लाख, विशेष अनुदान तर्फ २ करोड ८ लाख गरि जम्मा ३१ करोड २८ लाख छुट्टाएको छ । जस मध्ये चालु खर्च तर्फ २८ करोड ९१ लाख र पुजीगत खर्च तर्फ २ करोड ३७ लाख रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...