दमक, जेठ १८। झापामा मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरिएपछि विभिन्न मितिमा चोरी भएका चारवटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं. ५ का २१ बर्षिय चन्द्रकुमार योङवा र सोही स्थानका २० बर्षिय सुरेन्द्र भन्ने जीवन कुरुवाङ चोरी भएको मोटरसाइकलसहित पक्राउ परेका हुन् ।
झापाको दमक–६ नेपालीरिका होटल अगाडी पार्किङ गरी राखेको दमक ४ का सुमन खड्काको मे ११ प ५५१२ नम्बरको पल्सर मोटरसाईकल चोरी भएपछि खोजतलास गर्ने क्रममा गत जेठ १३ गते दमक–६ शंखधर चोकबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई चोरीको मोटसाइकल चलाइरहेको अवस्था पक्राउ गरेको थियो ।
पक्राउपछि अनुसन्धान गर्ने क्रममा थप तीन वटा मोटरसाइकलहरु बिभिन्न स्थानबाट चोरी गरेको खुल्न आएपछि खोजी गर्दा पाँचथरका विभिन्न स्थानबाट मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।