नवलपुरको अमरापुरी बाट एक ठग रङ्गेहात पक्राउ

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

आफुलाई कम्पनिको आधिकारीक प्रतिनिधि बताउँदै ठगि गरिरहेको अवस्थामा गैंडाकोट नगरपालिकाको अमरापुरीबाट एउटा ठग गिरोह पक्राउ परेको छ ।

गैंडाकोट नगरपालिका वडा नं. १५ अमरापुरी स्थित १६ नंं. चोकमा ठगि धन्दा गर्दा गर्दै रङगेहात पक्राउ परेको स्थानीय होटल सन्चालक नारायणप्रसाद गौतमले जानकारी दिनुभएको छ । पक्राउ पर्नेमा ललितपुर स्थित संखु ५ बस्ने भाजुराम थापा मगर र काठमाडौं शेषनारायण ८ बस्ने नवराज पौडेल रहेको अस्थाई प्रहरी पोष्ट गैंडाकोट १३, बेल्डियाले जनाएको छ ।

उनीहरुले यस क्षेत्रका सिधा सोजा व्यवसायीलाई झुक्याएर विभिन्न प्रलोभनमा पार्दै हैरान पारेको होटल सन्चालकले प्रहरी समक्ष उजुरी दिएका छन् । उनीहरुले होटल व्यवसायीहरुलाई आफुहरु, कम्पिनको आधिकारी व्यक्ति भएको र आफुहरुले व्यवसायीलाई फ्रिज दिन्छु, टेलिभिजन दिन्छु, गिलास, ओपनर आदि जस्ता सामग्री निशुल्क दिन्छु बदलामा केहि सामान खरिद गर्नुस्, त्यसका निम्ति अग्रिम रकम माग्दै ठगि गर्ने गरेको व्यवसायीले बताएका हुन ।

ठगहरुले करिब १८ जना स्थानीय व्यवसायीलाई ठगि गरेका विभिन्न बीलसमेत सार्वजनिक भएका छन् । स्थानीय नारायणप्रसाद गौतमलाई समेत करिब ६ महिना पहिले ५४०० रुपँया ठगि गरेको सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...