०७९/८० को बजेटमा कस्को तलब कति भयो ? हेरौ

सरकारले निजामती कर्मचारीको तलव १५ प्रतिशतले वृद्धि गरेको छ ।
यसअघि १८ प्रतिशतले वृद्धि भएको कर्मचारीको तलव अहिले १५ प्रतिशतले बढेको हो ।

योसँगै अब मुख्य सचिवको तलव ७४,९०६ रुपैयाँ पुगेको छ । सचिवको ६९,७७७, सहसचविको ५४,४८३, उपसचिवको ४६,४३७, शाखा अधिकृतको ४१,३८८, नायक सुब्बा (अतिरिक्त मान)को ३५,४३८, नायब सुब्बाको ३२,४३०, खरिदार (अतिरिक्त मान) को ३१,६९८ र खरिदारको ३०,५९४ रुपैयाँ पुगेको हो ।

तलब वृद्धिसँगै सरकारले कर्मचारीको तलबमान अध्ययनका लागि उच्चस्तरीय समिति पनि गठन गर्ने निर्णय गरेको छ । वृद्धि भएको तलब आगामी साउन १ गतेदेखि लागू हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search