सर्वोच्चले रोकेको निजगढ विमानस्थललाई छुट्याइयो २ अर्ब २० करोडको बजेट

काठमाडौं – सर्वोच्च अदालतले निर्माण रोक्न भनेको निजगढ विमानस्थलका लागि सरकारले बजेट व्यवस्था गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले लगानी बोर्डमार्फत लगानीको ढाँचा निर्माणगरी निजगढ विमानस्थल आयोजना विकास कार्य अघि बढाउने उल्लेख गरेका हुन्।

त्यस्तै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा विमानस्थललाई पूर्णरुपमा सञ्चालनमा ल्याईने बजेटमा व्यवस्था गरिएको छ।

त्रिभुवन विमानस्थलको चाँपलाई व्यवस्थित गर्न ट्याक्सी वे थप र दोस्रो टर्मिनल भवन बनाउन २ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको छ। हवाई तथा यात्रु चाँपको आधारमा गौतमबुद्ध विमानस्थलको दोस्रो टर्मिनल भवन अगाडि बढाउने व्यवस्था बजेटमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search