कावासोती र मध्यविन्दु नगरपालीकाका नारायणी नदीमा आश्रित समुदायका युवाहरुलाइ दिइएको सिपमुलक तालिम कावासोतीमा सम्पन्न भएको छ ।
गैंडाकोटमा रहेको सहमती संस्थाको आयोजना , डब्लुडब्लुएफको आर्थिक सहयोग र भूमिका टेक्निकल सर्भिस प्रालिको प्रविधिक सहयोगमा रहेको सिपमुलक तालिम सम्पन्न भएको हो ।
२३ जना युवा–युवतीमध्ये ९ जनालाई ड्राईभिङ,१४ जनालाई ब्युटीसियन सम्वन्धि तालिम प्रदान गरिएको हो ।
तालिममा सहभागीलाई ३० दिने ड्राइभिङ, ६५ दिनको ब्युटीसियन र ३ महिने कुक तालिम सञ्चालन पछि एकै दिन सबै तालिम समापन गरिएको डब्लुडब्लुएफका करुण देवानले जानकारी दिनु भयो । यस्तै तालिममा सहयोगीलाई रोजगारीका लागि सहज हुने बाताबरण सृजना समेत गरिएको छ । ब्युटीसियन तालिममा सहभागी महिलाहरुलाइ आवश्यक सामाग्री समेत प्रदान गरिएको छ ।
Post Views: 179