कावासोतीमा कार्यपालिकाको निर्वाचनमा उम्मेदवारी नदिएकोमा कांग्रेस भित्रै चर्को असन्तुष्टि

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

नवलपुर ।

कावासोतीको कार्यपालिकाको निर्वाचनमा उम्मेदवारी नदिएको भन्दै कांग्रेसका कार्यकर्ताहरुले चर्को असन्तुष्टि व्यक्त गर्दै नगरसमितिको राजीनामा माग गरेका छ्न ।

 

जेठ १२ गते उम्मेदवारी दर्ता गर्ने समय सम्म कांग्रेसबाट उम्मेदवारी दर्ता नभए पछि नगर कांग्रेसको नगर समिति चुनाव बाट भागेको भन्दै कांग्रेस कार्यकर्ताहरुले सामाजिक सन्जालमा चर्को असन्तुष्टि व्यक्त गरेका हुन ।

 

पार्टीले पराजय भोगेको भन्दै नैतिकताको आधारमा केही दिन अगाडि नगर सचिब पदबाट राजिनामा दिएका विनोद राना मगरले जेठ१२ गते सम्पन्न कावासोती नगरपालिका नगरकार्यपालिका सदस्य निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट मनोनयन दर्ता नहुनुले पार्टी संगठन र नेतृत्वको वर्तमान अवस्था र दुरदर्शिताको दुर्दशा बारे थप पराकाष्ठा निर्लज्जता उदगार गरेको बताएका छन ।

 

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै रानाले निर्वाचन परिणाम र पार्टीको विचार,सिद्धान्त र आर्दशा निश्चितरुपमा एकै सिक्काको दुई पक्ष हुन् । सर्वप्रिय विचार, न्याय, सामाजिक तथा आर्थिक विचारका दृष्टिकोणहरुले निर्वाचन मार्फत जनमतद्धारा अनुमोदित हुन्छ यहीँ नै लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष हो । तर निर्वाचनमा आउन सक्ने सम्भावित परिणामलाई लिएर पार्टीको विचार, सिद्धान्त र जनआस्थालाई नै कुठाराघात गर्न मिल्छ भन्दै नगर नेतृत्व प्रती प्रश्न समेत गरेका छ्न ।

त्यस्तै कांग्रेस कावासोती नगरकार्यसमितिका सहसचिब किरण भुर्तेलले नगरसमितिका पदाधिकारी र नगरसमिती सँग सामान्य छलफल समेत नगरी नगर नेतृत्वले उम्मेदवारी नदिन गरेको निर्णय प्रती आफ्नो असहमति रहेको बताउदै प्रक्रियामा संलग्न जिम्मेवार पार्टी प्रतिनिधिहरुले उचित स्पस्टिकरण दिनु पर्ने बताए । ” प्रक्रियामा संलग्न जिम्मेवार पार्टी प्रतिनिधिहरुबाट उचित स्पस्टिकरणको माग गर्न चाहान्छु।” सामाजिक संजाल फेसबुकमा भुर्तेलले लेखेका छ्न ।

नेविसंघ नवलपुरका उपसभापति लक्ष्मण रिजालले कार्यपालिका निर्वाचन बाट उम्मेदवारी नदिएर कांग्रेस कावासोतीले लोकतान्त्रकै उपहास गरेको बताए । उनले भने, “लोकतान्त्रको सुन्दर पक्ष भनेको निर्वाचन हो, लोकतान्त्रको हिमायती दल कांग्रेसनै निर्वाचनबाट पराजयको डरले भाग्नु लज्जास्पद हो ।”

नेविसंघका नेता एवं युथ कांग्रेस नवलपुरका अध्यक्ष सुदिप चापागाईंले उम्मेदवार नदिएर कांग्रेस कावासोति निर्वाचन बाट भागेको आरोप लगाए । उनले लेखेका छन, “हार्छु भनेर निर्वाचनमा संग्लन नहुनु कायरता मात्र होइन , लोकतन्त्रलाई मुल मन्त्र मानेर हिड्ने नेपाली कांग्रेसको आदर्शलाई कुल्चिनु पनि हो । नेपाली कांग्रेस कावासोतीको नगर कार्यसमितिबाट अब कुनै आशा रहेन , राजिनामाको विकल्प छैन ।”

आफुहरुले निर्वाचन नजित्ने भएकाले उम्मेदवारी नदिएको कांग्रेस कावासोतीका सभापति शालिकराम ढकालले बताए । “कार्यपालिका सदस्यको निर्वाचनका लागि मतदान गर्ने ८७ मध्ये २० जना मात्रै कांग्रेसका मतदाता भएकाले हामीले उम्मेदवारी दिएनौ ।” ढकालले भने ।

हार्ने निश्चित भएर उम्मेदवारी नदिएको बताएका कांग्रेस नगर सभापति आफै अहिले विवादित भएका छ्न ।

“सभापति ढकालले कार्यसमितिको बैठक त राखेनन कमसेकम पदाधिकारी सँग त सल्लाह गर्नु पर्थ्यो तर दुर्भाग्य भयो त्यो सल्लाह पनि गरेनन र कांग्रेसलाई भगौडा बनाए,” कांग्रेस कावासोतीका एक पदाधिकारीले नाम न बताउने सर्तमा भने । “यसरी नगरमा बसेर काम गर्न गार्हो छ अब सोच्नु पर्ने बेला आएको छ” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...