नारायणगढ- मुग्लिङ सडक खण्डमा दुई ट्रक एक आपसमा ठोक्किएको छ । मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ७८०४ र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको लु २ ख ५६५४ ट्रक मुग्लिङ नजिकै इच्छाकामना गाउँपालिका दुई नम्बर पुलमा आपसमा ठोक्किएको हो । ट्रकका दुवै चालक घाइते भएका छन् ।
घाइते दुबैलाई उपचारको लागी भरतपुर ल्याइएको छ । ट्रक दुर्घटना भएको ठाउँमा एकतर्फी मात्र सडक संचालनमा छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुबै तर्फ सडक संचालन गर्न काम अघि बढाइएको बताएको छ ।
Post Views: 169