पूर्वी नवलपरासी, रजहर। देवचुली नगरपालिकाको १७ नम्बर वडाको पचाह कुलो (भाटभटेनी ) देखि माथिल्लो बाह्रकोल, बेलस्वरा सम्मको कालोपत्रे निर्माणाधीनको लागि समाधान लिडरसिप संस्था द्वारा आज शिलान्यास भएको छ । शिलान्यास कार्यक्रममा गण्डकी प्रदेश पोखरा आन्तरिक मामिला मन्त्रालयका माननीय मन्त्री डोबाटे बिश्वकर्माको प्रमुख आतिथ्यतामा उक्त सडकको शिलान्यास गरिएको हो ।
उक्त बाह्रकोल जोड्ने कालोपत्रे सडकखण्ड समाधान लिडरसिप संस्था मार्फत रु ४७ करोड ७७ लाख लागतमा निर्माण गर्न लागिएको हो । कार्यक्रममा पुर्व सांसद/ नेपाली कांग्रेसका जिल्ला सभापति महेन्द्र ध्वज जिसि , देवचुलीका नगरप्रमुख हरि प्रसाद न्यौपाने , उपप्रमुख पार्वता तिवारी साथै देवचुली १६ का वडा अध्यक्ष केशव राज गौतम , १७ का वडा अध्यक्ष गणेश शर्मा चालिसे (दिपक ) , चौतारी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लोकनाथ अर्याल , बाह्रकोल सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सुर्य बहादुर पाटा , स्थानीय आमा समुहका अध्यक्षहरु , समाधान लिडरसिपका लिडर रुपा सोमै , बिपिन खेतान , दिनेश त्रिपाठी , सुजित झा , बिकास अधिकारि , माधव प्रसाद खतिवडा संगै जनप्रतीनिधीहरुको सहभागिता रहेको थियो।
यस शिलान्यास कार्यक्रममा बोल्दै समाधान संस्थाकी लिडर रुपा सोमैले आफुले आजसम्म बाह्याक्षेत्रमा सेवा र सहयोग गर्दै आएकोमा आज आफ्नै जन्मठाउँमा सहयोग गर्न पाउँदा खुसि रहेको बताउनु भयो। अवको समय देखी करिव करिव २ महिना भित्र अवलोकन कार्य सकी छिटै कालोपत्रे बनाउने उहाँले बताउनु भयो । उहाँले उक्त सडक निर्माणका लागि देवचुली नगरपालिकाका निवर्तमान नगरप्रमुख पूर्णकुमार श्रेष्ठ सँग सहमति लिएको र अवका दिनमा नवनिर्मित मेयर उपमेयर साथै सम्बन्धित वडाध्यक्षहरुको सहकार्यको अपेक्षा राखेको उहाँले बताउनु भएको थियो ।
कार्यक्रममा बोल्दै माननीय मन्त्री बिश्वकर्माले सकारात्मक कार्य र बिकाशको लागि स्थानीय क्षेत्रबाट सबैले साथ दिन नगरप्रमुख र वडाध्यक्षहरुलाई अनुरोध गर्नुभएको थियो । यस कार्यक्रमको सहजीकरण पावल सोमै मगरले गर्नुभएको थियो ।