कावासोतीको नगरकार्यपालिका सदस्य पदमा ८ जनाको मात्र उमेदवारि

कावासोति, जेष्ठ १२ । निर्वाचन अधिकृतको कार्यालय कावासोतिले नगरकार्यपालिका सदस्य पदमा ८ जनाको मात्र उमेदवारि परेको जनाएको छ ।
आज कावासोति नगर कार्यपालिकाको कार्यपालिका सदस्यका लागि उमेदवारि दर्ताको मिति तय गरिएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार नेकपा एमाले बाट कार्यपालिकाको लागि आवश्यक सख्या ९८ जनाको मात्र उमेदवारि परेको जनाएको छ ।
आवश्यक सख्या ८ पदमा मात्रै मनोनयनपत्र दाखिला गरेकाहरुलाई निर्विरोध निर्वाचित भएको हो ।

कावासोति वडा न. २ बाट बाबुराम विश्वकर्मा, १६ बाट गुमान सिंह कामी, ११ बाट राजकुमार माझी , १५ बाट मिना कुमारि मुसहर, १७ बाट गिता विश्वकर्मा , ९ बाट रेश्मि परियार, ५ बाट पार्वति भण्डारी र २ बाट समन्ति सारु रहेका छन ।

कावासोति नगर कार्यपालिकामा नेकपा एमालेका नगर प्रमुख, उप प्रमुख सहित २० जना, नेपाली काङ्ग्रेसको ४ जना, माओवादी केन्द्रका १ जना रहेका छन् । नगर कार्यपालिकासँगै नगर सभामा समेत नेकपा एमालेको स्पष्ट बहुमत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search