नवलपरासी पश्चिमको बर्दघाट नगरपालिक वडा नं.१४ चौपत्तामा गएराति ३० घार मौरिमा विष प्रयोग गरि मारिएको छ । बर्दंघाट नगरपालिका वडा नं.७का मौरी कृषक प्रकाश पन्तले आफ्नै जग्गामा चराउन राखेको १०० घार मौरी मध्ये १४ घार मौरिमा किटनासक विषादी प्रयोग गरि मौरी मारिएको छ । मौरीमा प्रयोग गरिएको विषादीको असरले अन्य घारमा समेत असर पर्न गएको कारण त्यस्मा रहेका मह तथा घार सबै काम नलाग्ने भएको छ । पिडित किसानका अनुसार विहान मौरीको निगरानी गर्दा सबै मौरि मरेको पाएकाले रातको समयमा मौरीको घारमा विषादि प्रयोग गरी मारिएको आशंका गरेका छन । उनले यस घटनाका कारण करिब २ लाख बराबरको मह तथा मौरी सहितको घार नष्ट भएको बताए । उक्त घटनाको अनुगमन गर्न बर्दघाट नगरपालिकाको नगरप्रमुख तथा नगर उपप्रमुख सहितको टोलि अनुगमन गर्न गएको थियो ।
Post Views: 180