सरकारले सडक र पुल निर्माणको जिम्मा प्रदेश सरकारलाई दिने

काठमाडौं। सरकारले स्थानीय सडक र पुल निर्माणको जिम्मा प्रदेश सरकारलाई नै दिने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसदमा आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएकी हुन्।

उनले आगामी वर्ष थप ३ सय सडक र पुल निर्माण गर्ने बताइन्। ‘त्रिभुवन राजमार्गलगायत प्रमुख राजमार्गमा सुरुङमार्ग, फ्लाइओभर तथा अण्डरपाससहितको आधुनिक सडक सञ्जाल विस्तार गरिनेछ,’ उनले भनिन्।

उनले कर्णाली करिडोरमा बाँकी ट्रयाक खोलिसक्ने र आगामी वर्ष हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने पनि बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search