चितवन: बिदेश पठाई दिन्छु भनि ठगी गर्ने चितवनका सुजनराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।
भरतपुर म.न.पा.वडा नं.९ वसन्त चोक घर भई काठमाडौँ बस्ने बर्ष २७ का सुजनराज पाण्डेलाई हंगेरीमा ब्यापार व्यवसाय गर्न मिल्ने भिषा लगाई दिन्छु भनी ठगी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
Typical Clothing And Craft Store नामक व्यवसायिक कम्पनी दर्ता गर्न लगाई यूरोपको जुनसुकै देशमा गएर ब्यापार व्यवसाय गर्न मिल्ने भनि हंगरीको लागि नक्कली भिषा समेत निकाली २५ लाख ठगी गरेको भन्दै पिडितले प्रहरीमा निबेदन दिएका थिए।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले उनलाई जेठ १० गते बानेश्वरबाट पक्राउ गरी ठगी कसुर अन्तर्गत म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
नवलपुर अनलाइनमा खबर छ ।
Post Views: 139