देवचुली होटल व्यवसायी संघ द्वारा देवचुलीका नवनिर्वाचित नगर प्रमुखलाई सफल कार्यकालको शुभकामना र सम्मान पत्र प्रदानः

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

कृष्ण पौडेल, नवलपुर । नवलपुरको देवचुली नगरपालिकामा रहेको देवचुली होटल व्यवसायी संघद्वारा देवचुली नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख हरि प्रसाद न्यौपाने, नगर उपप्रमुख पार्वता तिवारी लगायत नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना सहित चार बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । आज दिउँसो नवनिर्वाचित न्यौपाने र तिवारी लाई देवचुली होटल संघका अध्यक्ष सुरेश पाण्डे, वरिष्ठ उपाध्यक्ष लक्ष्मण चापागाई, सचिव भोजराज ज्ञवाली, सह सचिव खुमलाल भुर्तेल, सदस्य देवीप्रसाद भण्डारी लगायत अन्य पदाधिकारी र होटल व्यवसायीहरूको उपस्थिति रहेको थियो। पदाधिकारीले सम्मान गर्दै चार बुंदे ध्यानाकर्षण पत्र बुझाएका हुन् । देवचुली नगरपालिकामा स्वास्थ्य तथा सरसफाई सम्बन्धी होटल व्यवसायीहरुलाई विभिन्न कार्यक्रमको माग, फोहोर मैला व्यवस्थापनको दिर्घाकालीन समाधान, होटल व्यवसायलाई अनुशासन र मर्यादित बनाउन सहयोग र देवचुली होटल व्यवसायी संघको कार्यालय प्रयोजनका लागि जग्गा तथा भवन निर्माण गर्नका लागि पत्र नगरपालिकालाई दिएको देवचुली होटल व्यवसायी संघका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...