सवारी भाडादर वृद्धि, नारायणगढ देखि डन्डा सम्म को भाडा १०१ रुपैयाँ

जेठ ११,नवलपुर। सरकारले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुबाहक तथा मालवाहक सवारीको भाडादर पुन: वृद्धि गरेको छ। बढेको भाडा अनुसार अब नारायणगढदेखी डन्डा बजारसम्म ३६ किलोमिटरको १०१ रुपैयाँ लागू गरिएको छ।

त्यस्तै नारायणगढदेखि बुटवलसम्म ११४ किलोमिटरको ३३० रुपैयाँ रहेको छ । डिलक्स बसमा भने तोकिएको भाडामा २० प्रतिशत थप लाग्ने सरकारले जनाएको छ।

यात्रुवाहक सवारीसाधनमा २.१ प्रतिशत भाडा बढाईएको छ। पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा २.७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ३ प्रतिशत भाडाभाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ।

यस्तो छ देशभर बढाईएको नयाँ भाडादर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search