लियो क्लब आफ गीतानगरको अध्यक्षमा संचारकर्मी श्याम विश्वकर्मा

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

भरतपुर,चितवन – लियो क्लब आफ गीतानगरको अध्यक्षमा स्याम विश्वकर्मा चयन हुनु भएको छ । सम्पन्न १८ औँ अधिवेशनले सन् २०२२/०२३ को लागि विश्वकर्माको नेतृत्वमा उपाध्यक्षमा रेशम तिमल्सिना, सचिवमा श्रेया सुवेदी र कोषाध्यक्षमा रविन दाहाललाई निर्विरोध चयन गरेको हो ।

क्लबका अन्य पदाधिकारी भने नयाँ कार्यसमितिको पहिलो बैठकले तोक्ने छ । अध्यक्ष विश्वकर्मा राष्ट्रिय दलित पत्रकार संघ- नेपाल चितवन शाखाका सचीव तथा संचारकर्मी हुन् । लियो क्लब आफ गीतानगर सन् २००६ सालमा स्थापना भएको पश्चिम चितवनकै पुरानो क्लब हो ।

लायन्स क्लब आफ गीतानगरका सचिव राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्वलवका पुर्व अध्यक्ष, सदस्य सहितको उपस्थिति रहेको थियो । प्रमुख अतिथि श्रेष्ठ र क्लबका पुर्व अध्यक्ष गोविन्द आचार्यले नयाँ कार्यसमितिमा मनोनितहरुलाई शुभकामना व्यक्त गर्नु भएको थियो । वर्ष २०२१ / २०२२ का अध्यक्ष विवेक पोख्रेलले आफ्नो कार्यकालमा भएका कामको जानकारी गराउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...