बुलिङटार गाउँपालिकाबाट अवैध बालुवा चोरी निकासी गर्दै गरेको ट्याक्टर नियन्त्रण

कावासोती । नवलपुरको बुलिङटार गाउँपालिकाबाट प्रहरीले  अवैध रुपमा बालुवा चोरी निकासी गर्दै गरेको अवस्थामा एउटा ट्याक्टर नियन्त्रणमा लिइएको छ ।


जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार  बुलिङटार गाउपालिका ६  घुमाउरी घाट स्थित कालीगण्डकी नदीको किनारबाट अवैध रुपमा बालुवा चोरी निकासी गर्दै गरेको अवस्थामा लु ४ त ८११०  नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको ट्याक्टरलाई आवश्यक कारवाहीका लागि  इलाका प्रहरी कार्यालय डेढगाउँमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search