तनहुँमा सवारी दुर्घटना: आमाको मृत्यु, छोरा गम्भीर घाइते

तस्वीरः दमौली न्यूजबाट

पोखरा । तनहुँमा आज मध्यान्ह सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ भिमाद नगरपालिका वडा नं. २ की ४० वर्षीया पवित्रा थापा रहेकी छन् ।

सो दुर्घटनामा थापाका छोरा २० वर्षका सुसिर थापा गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि पोखरा ल्याइएको र पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।

उनी खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

खड्काका अनुसार पोखराबाट दमौली जाँदै गरेको ग२०प ६३३६ नम्बरको स्कूटरलाई पोखराबाटै विराटनगर जाँदै गरेको ना४ख ८४४५ नम्बरको बसले व्यास नगरपालिका वडा नं. ५ तल्लो गुणादीमा ठक्कर दिँदा दुर्घटना भएको हो ।

ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा दिएको डिएसपी खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search