नीति तथा कार्यक्रम : २ वर्षभित्र भूमिहीनको समस्या समाधान गरिने

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

काठमाण्डाै – सरकारले भूमिहीन तथा सुकुम्वासीकाे समस्या दुई वर्षभित्र समाधान गर्ने भएको छ ।

आज मङ्गलवार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या दुई वर्षभित्र समाधान गरिने बताउनुभएको हो । उहाँले पुनर्स्थापना हुन बाँकी मुक्त कमैयाहरूका लागि रोजगारी र क्षमता विकासको कार्यक्रम सञ्चालन गरिने पनि बताउनुभयो ।

राष्ट्रपति भण्डारीले राष्ट्रिय निकुञ्जको छेउछाउ तथा नदी किनाराका विपन्नका लागि लक्षित गरेर कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयाे । उहाँले विशिष्टकृत संस्थाबाट मात्र घरजग्गा कारोबार गर्ने व्यवस्था मिलाइने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...