काठमाडौं- गैरसकारी संस्थालाई नियमन गर्न संघीय सरकारले कानुन ल्याउने भएको छ।
सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गैरसकारी संस्थाको दर्ता तथा नियमनका लागि कानुन जरुरी रहेको उल्लेख गरेको हो। यसैगरी गैरसरकारी संस्थाका कामको अनुमगन गरिने पनि बताइएको छ।
सामाजिक संघ संस्थाको पारदर्शितालाई प्रभावकारी बनाउन राष्ट्रिय आवश्यकताका क्षेत्रमा काम गर्न प्रोत्साहित गरिने बताइएको छ।
अन्तराष्ट्रिय गैर सरकारी संस्थाका कार्यक्रमलाई समेत अनुगन गरेर नियमन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
Post Views: 72