विपन्‍न नागरिकका घरमा विद्युत् मिटर निःशुल्क जडान, महसुलमा पुनरवलोकन गरिने

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

विपन्‍न वर्गका नागरिकका घरमा विद्युत् मिटर निशुःल्क जडान गरिने भएको छ । विपन्‍न नागरिकलाई सहुलियत प्रदान गर्न सरकारले यो नीति लिएको हो ।

विद्युत् खपत बढाउन महसुल पुनरवलोकनसमेत गरिने भएको छ । सरकारले यसअघि विपन्न वर्गका नागरिकलाई २० युनिटसम्म विद्युतको महसुल छुट गरिदिएको छ ।

ऊर्जामन्त्री पम्फा भुसालले लोक कल्याणकारी राज्यको प्रत्याभूति जनतालाई दिलाउन उक्त नीति लिएको यसअघि बताएकी थिइन् ।

यस पटक भने सरकारले मिटर जडान निःशुल्कसँगै महसुल पनि पुनरवलोकन गर्ने नीति लिने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...