जेठ ९, देवचुली । पेट्रोलियम पदार्थमा निरन्तर चर्को मूल्य वृद्धि गरेको भन्दै देवचुलीका युवाहरुले शान्तिपूर्ण आन्दोलन गरेका छन। देवचुली १६ को रजहर चोकमा देवचुलीका स्वतन्त्र युवाहरु द्वारा मूल्य बृद्दीको बिरोधमा सडकमा शान्तिपूर्ण आन्दोलन गरेका छन । जनतालाई मार्न पाईदैन, सरकारको मनमानी चाहिदैन, मूल्य वृद्धि फिर्ता गर जस्ता विभिन्न नारा सहित युवाहरुले शान्तिपूर्ण रुपमा मूल्य वृद्धिको बिरोध गरेका हुन।
सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ। नेपाल आयल निगमको संचालक समितिको बैठकले आईतवार राति १२ बजे पछी लागु हुने गरि पेट्रोल, डिजेल र मट्टीतेलको साविक खुद्रा बिक्रि मुल्यमा १० दिनको अवधि भित्रै लगातार प्रतिलिटर रु १० ले वृद्धि गरि १८० कायम गरिएको भन्दै युवाहरु द्वारा पेट्रोलियम पदार्थको चर्को मुल्य वृद्धिको बिरोधमा रजहर चोकमा आन्दोलन गरेका हुन ।
यसै बीच चुनावको आडमा मूल्य वृद्धि गरिएको भन्दै उपभोक्ताकर्मीले आपत्ति जनाएका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण सर्वसाधारण मर्कामा परेका छन। पटक पटकको पेट्रोलियम पदार्थ तथा उपभोग्य बस्तुको वृद्धिले दैनिक उपभोग्य बस्तुमा समेत असर पुगेको सर्वसाधारणले गुनासो गरेका छन।
नेपाल आयल निगमले यस वर्षनै पटक पटक मूल्य बढाएको छ । यसरि निगमले हप्ता दिनमै चर्को मूल्यका साथ निरन्तर मूल्यवृद्धि गर्दा सर्वसाधारण चापमा परेको युवाहरु बताउँछन । पटक पटकको मूल्य वृद्धिको कारण अन्य दैनिक उपभोग्य बस्तुको समेत भाउ बढेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण सवारीसाधनको भाडादर पनि बढ्ने हुँदा हरेक कुराको महँगी हुने भन्दै स्थानीय आक्रोशित बनेका हुन। पछिल्लो समय २ देखि ३ रुपैयाँ सम्म बढ्ने गरेता पनि यस पटक भने एक्कै पटक १०/१० रुपैयाँ पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा उपभोक्ता मारमा परेका छन।
उक्त आन्दोलनमा राजन गौतमले मूल्य वृद्धिले गर्दा गरिव अशक्तहरु त्यसै त चापमा परेका थिए झनै महँगीको चपेटामा पर्ने हुँदा देवचुलीका नगरप्रमुख द्वारा प्रधानमन्त्रीलाइ ध्यानाकर्षण गराउन ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा देवचुली नगरपालिकाका स्वतन्त्र उमेदवारी दिनुभएका आश्विन राज ओझाको समेत उपस्थिति रहेको थियो । शान्तिपूर्ण आन्दोलनको समापन पछी देवचुली १६ का ६३ जनाको सहमति हस्ताक्षर सहित ज्ञापन पत्र नगरप्रमुख हरि प्रसाद न्यौपानेलाई बुझाईएको थियो ।
उक्त कार्यक्रमको भिडियो हेर्न यो रातो लेखिएको अक्षरलाइ छुनुहोस ⇐