पेट्रोलको मूल्य १७० बाट ह्वात्तै बढेर प्रतिलिटर १८० पुग्यो, जनताको ढाडसेक्दै निगम

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

काठमाडौं । सरकारले फेरि पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । आइतबार नेपाल आयल निगमले विज्ञप्ति जारी गर्दै आइतबार राति १२ पछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरिएको छ ।

केही दिनअघि १७० रुपैयाँ पुर्याइएको पेट्रोलको भाउ अब १८० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको भाउ १६३ रुपैयाँ पुर्याइएको छ ।

हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १६६ रुपैयाँ बढाइएको छ भने ह्वाई इन्धन (बाह्य) तर्फ १.५४५ यूएस डलर पुर्याइएको छ । यस्तै, एलपी ग्याँस प्रतिसिलिण्डर १ हजार ८ सय रुपैयाँ पुर्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...