गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

हेटाैंडा – हेटाैंडा-काठमाडौं सडक खण्डमा भएकाे गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

हेटाैंडाबाट काठमाडौं जाँदै गरेकाे ना ४ च २३१५ नम्बरको मिनि ट्रक मकवानपुरको इन्द्रसराेवर गाउँपालिका-२ सिमखाेलामा दुर्घटना हुँदा घाइते भएका ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीका अनुसार ओभर स्पिडका कारण गाडी सडकमै पल्टिएको हो । गाडी सडकमा पल्टिए पनि यात्रु पुलमुनि सिमखाेलामा खसेकाे प्रहरीले जनाएकाे छ ।

घाइते मध्य २ जनालाई उपचारका लागि काठमाडौं ट्रमा सेन्टर पठाइएकाे छ भने ५ जना हेटाैंडा अस्सपताल पठाइएकाे प्रहरीले जनाएकाे छ । उपचारका लागि पठाएकामध्ये ३ जनाकाे हेटाैंडामा र एककाे काठमाडौंमा मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

मृतककाे सनाखत हुन नसकेकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...