कावासोती १० मा गए राती आएको हावाहुरी सहितको बर्षाले ठूलो क्षती

कावासोती- कावासोतीको अधिकाशं क्षेत्रमा गए राती हावा हुरि सहितको वर्षाले ठूलो क्षती पुर्याएको छ । कावासोती १० मा पनि गए राती आएको हावाहुरी सहितको बर्षाले दर्जनौ विधुत पोल ढलेका छन घरका छाना उडाएका छन रुख,बिरुवा,मकै भाचिएर क्षती पुगेको छ ।

चिलाहा,रतवल क्षेत्रमा सबै भन्दा ठूलो क्षती पुगेको छ । बिधुतका पोल ढले संगै बिधुत र ईन्टरनेट अवरुद्ध भएको छ ।

मकै,तरकारी बाली लगाएतमा समेत नोक्सान पुर्याएको छ भने एक जना घाईते समेत हुनुभएको र उहालाई जिल्ला अस्पताल मध्यबिन्दु लगिएको छ । कति क्षती भयो भन्ने एकिन नभए पनि क्षती भएका विवरणको संकलन कार्य वडा प्रतिनिधिहरुले गर्दैछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search