पुर्वी नवलपुर, देवचुली । देवचुलीका १७ वटै वडाहरुका नवनिर्वाचित वडाध्यक्ष,सहस्यहरुलाई देवचुलीका नवनिर्वाचित मेयर श्री हरि प्रसाद न्यौपालेले सपथग्रहण गराएसँगै सबै वडाहरुमा आजकै मितिमा पदवाहाली गरि पहिलो बैठक सप्पन्न गरेका छन । देवचुली १७ का नवनिर्वाचित वडाध्यक्ष श्री गणेश शर्मा चालिसेको अध्यक्षतामा देवचुली १७ ले पहिलो निर्णय पारित गरेको छ ।
बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिकाको नव निर्वाचित प्रतिनिधिको स्वागत तथा सपथ कार्यक्रमपछि आज मिति २०७१।०२।०६ गते देवचुली १७ मा बसेको निर्वाचित प्रतिनिधिको पहिलो बैठकबाट भएका निर्णयमा भुमिहिन तथा अव्यवस्थित बसोवासीहरुको लागि जग्गा धनी प्रमाणपत्र ( लालपुर्जा ) उपलब्ध गराउनको लागि देवचुली नगरपालिकाको कार्यलय सँग समन्वय गरि पहल गर्ने भन्ने कुरालाई प्राथमिकतामा राखी तिब्र गतिमा समस्याको समधानमा जाने निर्णय गरेको छ ।
नवनिर्वाचित प्रतिनिधिहरुको आज पहिलो बैठक भएकाले एउटा मात्र निर्णयलाई अगाडि सारेता पनि स्थानिय नगरवासिहरुको निमित्त हरेक जटिल समस्याहरुमा समधानको लागि अग्रसर रहने अध्यक्ष चालिसे बताउनुहुन्छ । वडाभित्रका अधिक समस्याहरु होलान बिगतका दिनहरुमा कस्ले के के गरे भन्दापनी अवका दिनहरुमा वडा भित्रका हरेक समस्याहरुलाई मनन गरि लागिपर्ने बताउनुहुन्छ । बिकाशको योजनाहरुमा वडाभित्रका हरेक टोल टोलमा वडा सँगका गुनासो संकलन गरि बिकाश योजनामा वडावासिहरुसँग प्रत्यक्ष सहकार्य गर्दै अघि बढ्ने उहाँले बताउनुभयो।
वडामा नवनिर्वाचित प्रतिनिधिहरुलाई सफलकार्यकाल को शुभकामना र बधाई ज्ञापन गर्न विभिन्न बुद्धिजिवि, अग्रज साथै स्थानियहरुको चहलपहल रहेको थियो ।