भरतपुरमा ५४ हजार २४४ मत गन्दा रेनु ३२८४ मतले अगाडि

भरतपुर- भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायम छ ।  ५४ हजार २४४ गणना हुँदा दाहालको अग्रता ३२८४ ले अगाडी छ । उनले २० हजार ५५७ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले १७ हजार २७३ मत पाएकी छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७९०२ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २३ हजार १९ मत पाउँदा राप्रपाकी हिमला गुरुङले १३ हजार ७१३ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search