जेठ ५, नवलपुर ।
नवलपुर जिल्ला स्थानीय तह निर्वाचन २०७९ को अन्तिम परिणाम सार्वजनिक भएको छ । नवलपुरमा जम्मा स्थानीय तह ८ वटा रहेका छन भने ९२ वटा वार्ड रहेका छन। जसमा नेकपा एमालेले ६ वटा पालिका ४९ वटा वार्ड बिजयी गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २ पालिका ४१ वटा वार्ड, माओबादी केन्द्रले २ वार्ड बिजय गरेको छ ।
नवलपुरको गैडाकोट नगरपालिकामा मेयरमा मदन भक्त अधिकारी साथै कांग्रेसका उपमेयरमा शान्ती कोईरालाले बिजय गरेका छन् ।गैडाकोट नगरपालिकाको वडा तर्फ कांग्रेसले ११ वटा स्थान हाँसिल गरेको छ भने एमालेले ६, माओबादी केन्द्रले १ स्थानमा विजय गरेको छ ।
बुलिङ्गटार गाॅउपालिकाको अध्यक्षमा एमाले बाट दीपेन्द्र सुनारी मगर विजय भएका छन भने उपाध्यक्षमा कांग्रेसको तर्फबाट दिल माया राना मगर विजय भएकी छन् । त्यस्तै गरि वडा अध्यक्षमा कांग्रेसले ५ वटा वार्ड समेट्दै गर्दा एमालेले १ वार्डमा मात्र जित हाँसिल गरेको छ । यता देवचुली नगरपालिकाको मेयर पदमा नेकपा एमालेको तर्फबाट हरि न्यौपाने र उपमेयरमा पार्वता तिवारी ले बिजयी गरेका छन् । वार्ड अध्यक्षमा कांग्रेसले ६ वटा वडा सम्हाल्दै गर्दा एमालेले ११ वटा वडामा जित हाँसिल गरेको छ ।
कावासोती नगरपालिकाको मेयर पदमा एमालेको तर्फबाट बिष्णु प्रसाद भुषाल र उममेयरमा फुल कुमारी थनेत बिजयी भएका छन। वडाध्यक्षमा नेपाली कांग्रेसले ४ वटा, नेकपा एमालेले १२ वटा र माओबादी केन्द्रले १ स्थानमा मात्र जित हाँसिल गरेको छ ।
वौदीकाली गाॅउपालिकाको अध्यक्षमा एमालेको तर्फबाट प्रकाश ओझा र उपाध्यक्षमा दिल कुमारी सारू बिजयी भएकी छिन । वार्ड अध्यक्ष तर्फ नेपाली कांग्रेसले २ वटा र नेकपा एमालेले ४ वटा स्थानमा जित हाँसिल गरेको छ । त्यस्तै गरि हुप्सेकोट गाॅउपालिका अध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी पाण्डे र उपाध्यक्षमा पुर्ण सिंह रानाले बिजय हाँसिल गरेका छन। वडा तर्फ भने वडाध्यक्षमा नेपाली कांग्रेसले ६ वटै वडामा बिजयी गरेको छ ।
विनयी त्रिबेणी गाॅउपालिका अध्यक्षमा घनश्याम गिरी र उपाध्यक्षमा भगवती बैदवार विजयी भएका छन। वार्ड अध्यक्ष नेपाली कांग्रेसले २ स्थान , एमालेले ४ स्थान , राप्रपाले १ स्थान हाँसिल गरेका छन् । मध्यविन्दु नगरपालिकाको मेयरमा भीम लाल अधिकारी र उपमेयरमा पूर्ण कुमारी चौधरी ले बिजयी हाँसिल गरेका छन् भने वार्ड अध्यक्षमा नेपाली कांग्रेसले ५ स्थान जित्दै गर्दा नेकपा एमालेले १० स्थानमा आफ्नो जित सुनिश्चित गरेको छ ।
Post Views: 252