मतगणना स्थलमा कुटाइ खाएर गम्भीर घाईते भएका छत्तबहादुर शाहीको मृत्यु

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु बजारमा मतगणना स्थलबाहिर कुटिएर घाईते भएका छत्तबहादुर शाहीको मृत्यु भएको छ।

उनको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो। गत वैशाख ३१ गते खार्पुनाथ गाउँपालिकाको केन्द्रमा मत गणना जारी रहेको बेला मतगणना स्थल बाहिर एमाले कार्यकर्तालाई नेपाली कांग्रेसका कार्यकर्ताहरूले हमला गर्ने क्रममा तीनजना घाईते भएका थिए।

 

तीन जना घाईतेमध्य उनी गम्भीर घाईते भएपछि उनलाई सोही दिन हेलिकोप्टरबाट सुर्खेत रिफर गरिएको थियो।
उनको टाउकोमा चोट लागेको थियो। सुर्खेतको प्रदेश अस्पतालले उपचार गर्न नसक्ने भन्दै दश बिघा अस्पतालमा रिफर गरेको थियो।

दशबिघाले पनि नसक्ने भन्दै नेपालगञ्जको भेरी अस्पतालमा रिफर गरिएको थियो। भेरी अस्पतालले घाईतेको शल्यक्रिया गर्ने उपकरण नभएको भन्दै नर्सिङ होम पठाएको आफन्तलाई जानकारी दिएका छन्। घाईतेसँगै गएकाछोरा सागर शाहीले सुर्खेतमा पनि उपचार नहुन सकेपछि घाईतेलाई नेपालगञ्जको नर्सिङ होममा उपचार गर्ने क्रममा चार दिनपछि उपचारकै क्रममा मृत्यु भएको बताए। बिहीबार मृतकको लाशको नर्सिङ होममा पोष्टमार्टम गर्ने कार्यसमेत भएको छ।

शाहीको मृृत्युु भएको पुष्टि प्रहरी नायव उपरिक्षक कृष्णराज ओझाले गरेका छन् । अन्य दुई जनाको भने अस्पतालमै उपचार भई रहेको छ। मृृतकका आफन्तले सो घटनामा संलग्न नौ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरीसमेत हालेका छन्।

प्रहरीले जाहेरी आएको र अब घटनामा सङ्लग्नको खोजीकार्य सुरु भएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...