जेष्ठ ४,नवलपुर। देवचुली नगरपालिकामा नेकपा एमालेले मेयर / उपमेयर र बिजयी रहेका वडाध्यक्ष सहितका समग्र प्यानलले बिजय र्याली धुमधामले सम्पन्न गरेको छ। नेकपा एमालेले देवचुली नगरपालिकामा अत्यधिक मत ल्याएर वडाध्यक्ष सहित मेयर र उपमेयरमा विजयी हासिल गरेको थियो ।
नगरप्रमुख र उपप्रमुख नै एमालेले बिजय गरेपछि मंगलवार फूलमाला र अविर लेपनका साथ नगरपालिकाबाट बिजय र्याली निकालिएको थियो । बुधवार देवचुली पार्टी प्यालेसमा विजय र्याली शुभारम्भको एक कार्यक्रम राखी समग्र देवचुलीको बिकाशको निमित्त नेकपा एमालेले जित हाँसिल गरेता पनि अबको कार्यकालमा पार्टी भन्दा पनि नगरवासीको चाहानाअनुरुप काम गर्ने भन्दै बिजयी र्यालीमा सबैलाई सरिक रहन पार्टीले आह्वान गरेको थियो। नेकपा एमालेको बिजय र्याली देवचुली नगरपालिकाका सबै वडाहरुमा परिक्रमा गरि समापन गरेको छ ।
मंगलवार निर्वाचन आयोग द्वारा नतिजा सार्वजनिक गर्दा देवचुली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा नेकपा एमालेले भारी मत सहित विजयी भएको थियो । नेकपा एमालेको तर्फबाट नगरप्रमुखमा उम्मेदवारी दिनुभएका हरि न्यौपानले १२ हजार ८ सय ६ मत प्राप्त गरि विजयी हुनुभएको थियो भने उहाँका प्रतिद्वन्दी नेपाली काँग्रेस (गठबन्धन ) का उम्मेदवार अशोक बस्ताकोटीले ११ हजार २ सय १० मत प्राप्त गरि पराजित हुनुभएको थियो। २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले देवचुली नगरपालिकाको मेयरमा र उपमेयरमा नेकपा एमालेले जित हासिल गरेको थियो भने अहिलेको स्थानीय तह निर्वाचनमा मेयर र उपमेयरको बागडोर नेकपा एमालेले सम्हाल्ने भएको छ ।
Post Views: 298