देवचुली नगरपालिकामा एमालेको वर्चस्व,मेयर र उपमेयर सहित एघार वटा वडामा एमालेको जित

देवचुली – देवचुली नगरपालिकामा १७ वटा वडाहरुको मतपत्र गणना कार्य सम्पन्न भएको छ । देवचुली नगरपालिकामा एमालेको वर्चस्व कायम रह्यो । मेयर, उपमेयर सहित एघार वटा वडामा एमालेले जित हासिल गरेको छ । देवचुली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा नेकपा एमालेले भारी मत सहित विजयी भएको हो । नेकपा एमालेको तर्फबाट नगरप्रमुखमा उम्मेदवारी दिनुभएका हरि न्यौपानले १२ हजार ८ सय ६ मत प्राप्त गरि विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी नेपाली काँग्रेस (गठबन्धन) का उम्मेदवार अशोक बस्ताकोटीले ११ हजार २ सय १० मत प्राप्त गरि पराजित हुनुभएको छ । न्यौपानेले बस्ताकोटीलाई १ हजार ५ सय ९६ मतले पराजित गर्नुभएको हो ।
यसैगरि देवचुली नगरपालिकाको उप–मेयर पदका लागि उम्मेदवारी दिनुभएका नेकपा एमालेका पार्वता तिवारीले १२ हजार ७ सय ४९ मत प्राप्त गरि विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्र (गठबन्धन) का सत्यनारायण भूसाल ८ हजार २ सय २८ मत प्राप्त गरि पराजित हुनुभएको छ । तिवारीले भुसालालाई ४ हजार ५ सय २१ मतान्तरले पराजित गर्नुभएको छ । तिवारी दोस्रो कार्यकालका लागि देवचुली नगरपालिकाको उप–मेयरमा निर्वाचित हुनुभएको छ । यो सहित देवचुली नगरपालिकाका अधिकांस वडाहरुमा भारी बहुमत ल्याएर नेकपा एमालेले जित हासिल गरेको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले देवचुली नगरपालिकाको मेयरमा र उपमेयरमा नेकपा एमालेले जित हासिल गरेको थियो । अहिलेको स्थानीय तह निर्वाचनमा मेयर र उपमेयरको बागडोर नेकपा एमालेले सम्हाल्ने भएको छ । स्थानीय तह निर्वाचनमा देवचुली नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र (गठबन्धन) मिलेर अगाडि बढेको थियो ।

यस्तै अन्य वडामा काग्रेसले जितेको छ भने कुन दलले कुन वडामा जित हासिल गरे निम्नानुसार रहेका छन ।

एमालेबाट

वडा नं. १ कृष्ण बहादुर केसि

वडा नं. २ शरद घिमिरे

वडा नं. ४ गिर बहादुर थापा क्षेत्री

वडा नं. ५ कृष्ण प्रसाद सापकोटा

वडा नं. ६ मिन बहादुर सोती

वडा नं. ७ भुमिसरा आले

वडा नं. ८ नुन प्रसाद बाचे मगर

वडा नं. ११ तिल प्रसाद काफ्ले

वडा नं. १४ गोपाल थापा

वडा नं. १६ केशवराज गौतम

वडा नं. १७ गणेण शर्मा चालिसे

गठबन्धन – कांग्रेसबाट

वडा नं. ३ होमनाथ पौडेल (काङग्रेस)

वडा नं.९ बलिराम सापकोटा ( कांग्रेस )

वडा नं. १० रेप्ती कुमार घर्ती मगर( नेपाली कांग्रेस )

वडा नं. १२ लोकप्रसाद भुर्तेल(काङग्रेस)

वडा नं. १३ एकदेव पौडेल (काङग्रेस)

वडा नं. १५ सुरेश कुमार रानाभाट ( नेपाली कांग्रेस )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search